धुर्मुस सुन्तलीद्धारा निर्माण गरिएको मुसहर बस्ती अब बैज्ञानीक बस्ती बन्ने

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिएको महोत्तरीको बर्दिवासमा रहेको एकीकृत नमुना मुसहर बस्तीलाई नाष्टका बैज्ञानिक डा. तिर्थ राज घिमिरेको संयोजकत्वमा बैज्ञानिक गाउँ घोषणा गरी सोही अनुरुपका कार्यक्रमहरु संचालन भईरहेका छन् । जसअनुसार अहिले मुुसहर बस्तीका बासीन्दाले अहिले गाउँमा
गाउँलेहरुलाई सिप तथा आयआर्जनका लागि घरेलु तथा साना उद्यम सम्बन्धी तालिम संचालन गरिसकेको छ । अहिले ब्यवसायिक रुपमा मुडा बुन्ने काम सुरु गरेका छन् भने अहिले महिला तथा किशोरकिशोरीहरुले सिलाईबुनाइमा पनि ब्यस्त भएका छन् ।
यस सम्बन्धमा फाउण्डेशनले फाउण्डेशनको मात्र नभइ सम्पुर्ण सहयोगी मनहरुको सपना पुरा भएको जनाएका छन् ।

Comments