प्रेम पुन पेशाले पत्रकार हुन् । उनि गज्जबको अनलाईनमा पनि आवद्व छन। विगत ८ वर्षदेखि पत्रकारीतमा सक्रिय पत्रकार पुन साहित्यमा पनि रुचि राख्छन् । उनी साहित्यका विभिन्न विधामा कलम चलाउँछन् । विशेषगरि उनको दक्षता गजल र मुक्तक लेखनीमा छ । गज्जबको कुरा त के छ भन्दा उनको नाम पनि प्रेम र उनी प्रेम सम्बन्धि रचनाहरु नै बढि लेख्ने गरेका छन् ।
हेरौँ, उनको प्रेमीले गजल ।
Prem Pun |
तिम्लाई तारा भनौॅ भने जुन रिसाउॅछिन् ।
हिरा मोती भनौॅ भनेॅ सुन रिसाउॅछिन् ।
सत्य त यहि हो तिमी निष्ठुरी नै छौ ,
वैगुणी भनौॅ भने फेरि गुण रिसाउॅछिन् ।
कोकिल कण्ठ स्वर तिम्रो सुनिरहुॅ लाग्छ ,
सुर तिम्लाई भनौॅ भने धुन रिसाउॅछिन् ।
खान्न भन्दा भन्दै पनि राखिदियौ हातै माथी ,
कोशेली भनौॅ भने फेरी सगुन रिसाउॅछिन् ।
Comments
Post a Comment